कोरोनाबाट बच्न शाहरुखले छोपे प्लाष्टिकले आफ्नो घर !



०७ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानले कोरोनाका कारण समस्यामा परेकाहरुलाई सुरुवातदेखि नै सहयोग गर्दै आएका छन् । नगद सहयोग मात्र नगरेर शाहरुखले आफ्नो ५ तल्ले अफिस समेत कोरोना बिरामीको लागि दिएका थिए ।

उनले अरुलाई मात्र नभएर आफै पनि कोरोनाबाट बच्न सावधानी अपनाइरहेका छन् । शाहरुखले आफ्नो घर (मन्नत बगंला) लाई चारैतर्फबाट प्लाष्टिकले घेरेका छन् ।

उनले आफ्नो घरलाई चारैतर्फबाट प्लाष्टिकले घेरेपछि धेरैले उनले कोरोनाबाट बच्न यस्तो गरेको बताइरहेका छन् । हामी सबैले पनि उनले घरलाई प्लाष्टिकले बेरेको देख्दा सोच्ने त्यहि नै हो ।

तर शाहरुखले भने कोरोनाबाट नभई बर्षाबाट बचाउन घरलाई प्लाष्टिकले घेरेको जानकारी दिएका छन् । भारतमा कोरोना दिनप्रतिदिन बढ्दै गएकाले उनले सबैलाई सुरक्षित रहन र नआत्तिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्