काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण



२६ असार २०७७, काठमाडौं

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप  ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्