थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण



२६ असार २०७७, काठमाडौं

पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ ।

यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् । प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् । यो संख्या कूल संक्रमितको ४८.१ प्रतिशत हो ।

विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६०३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्