बूढानीलकण्ठको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा



२२ असार २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा हाजिर भएका छन् । गत साता नारायण प्रसाद रिसाल विदा भएसँगै आज (सोमबार) सापकोटा नगरपालिकामा उपस्थित भएका हुन् ।

स्थानीय निर्वाचन पछि सातौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बूढानीलकण्ठमा प्रशासनिक नेतृत्व गर्न आएका बैकुण्ठ प्रसाद सापकोटालाई नगरप्रमुख उद्दव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारी लगायतले स्वागत गरेका छन् ।

Baikuntha Prasad Sapkota Budhanilkantha Program

सापकोटाका अनुसार संघिय मामिला मन्त्रालयमा आग्रह गरेर आफ्नो ईच्छाले बूढानीलकण्ठ नगरपालिकामा आएको बताए । उनले भने, हामी ईलेक्टेड जनप्रनिधि र सेलेक्टेड कर्मचारीले नीतिगत कुराहरु कार्यान्वयन गर्ने र आफ्नो क्षमताले भ्यायसम्मका कार्यहरु सहजरुपमा गर्दा नगरले निकै मुहार फेर्ने बताए ।

नगरप्रमुख उद्दव प्रसाद खरेलले शुसासन, समृद्दि र विकासका काममा नगरको लक्ष्य, नीति र कार्यक्रमलाई पुर्ण रुपमा सफल पार्न उहाँको पुर्ण सहयोगको अपेक्षा गरेको बताए । बूढानीलकण्ठको समृद्धि, उन्नति र सुशासनको पक्षमा अलिकति पनि तलमाथि भएमा अन द स्पोर्ट कारवाही गर्ने समेत बताए । मुस्कान सहितको सेवा दिन आग्रह गर्दै नगरका काममा छिटो छरितो ढंगबाट गर्न आवश्यक रहेको बताए ।

Budhanilkantha Program

उपप्रमुख रमादेवी राईले प्रमुख प्रशासकीय अधिकृत छोटो समयमै सरुवा हुँदा काममा विभिन्न खाले प्राविधिक समस्या हुने बताईन् । उनले भनिन्, कम्तिमा एक  जना आएर २ वर्ष सम्म नफेरिने हो भने काममा थप सहजता हुने देखिन्छ । नगरपालिका कस्तो बनाउने, नगरका कामलाई कसरी सहजता दिने लगायतका काममा ध्यान दिन आवश्यक रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्