नेपालमा कोरोनाका कारण फेरी दुई जनाको मृत्यु



२० असार २०७७, काठमाडौं

नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका एक–एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि गएराति मृत्यु भएको छ । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्