काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित



१७ असार २०७७, काठमाडौं

काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरमा २ जना गरी १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको काठमाडौं उपत्यकाको ठेगाना भने मन्त्रालयले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्