सुनगाभा महिला समूहकी अध्यक्ष लक्ष्मी खत्रीद्वारा बूढानीलकण्ठ– १०लाई स्वास्थ्य सामग्री हस्तान्तरण



१६ असार २०७७, काठमाडौं

सुनगाभा महिला समूहकी अध्यक्ष लक्ष्मी खत्रीको विशेष पहलमा बूढानीलकण्ठ– १०लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । माईका नेपालको सहयोग सुनगाभा महिला समूहको पहलमा बूढानीलकण्ठ नगरपालिका वडा नं १० लाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

गैर सरकारी संस्था माइका नेपालको तर्फबाट १ हजार पिस मास्क, १ पिस थर्मल गन, सार्बजनिक स्थानमा हात धुनको लागि स्ट्याण्ड सहितको ५०० लिटरको टयाङ्की, ४ पिस पिपिइ, १०० वटा स्यानिटाइजर सुनगाभा महिला समूहकी अध्यक्ष लक्ष्मी खत्रीले वडा नं १० का अध्यक्ष नवराज भट्टराईलाई हस्तान्तरण गरेकी हुन् ।

सामग्री ग्रहण गर्दै वडा अध्यक्ष भट्टराईले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा गरिएको स्वास्थ्य समाग्री सहयोग निकै महत्वपूर्ण रहेको भन्दै सहयोगीहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्