नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८२७४ पुग्यो



०५ असार २०७७, काठमाडौं

शुक्रबार नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्