काठमाडौं उपत्यकामा थपिए ५ संक्रमित



०१ असार २०७७, काठमाडौं

काठमाडौं उपत्यकाका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

डिस्चार्ज हुनेको संख्या एक हजार नाघ्यो
यसैबीच, कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूमध्ये एक हजार जनाभन्दा बढी डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सोमबारसम्म १०४१ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।

सोमबारको अपडेट सुनाउने क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा मात्रै ७३ जना डिस्चार्ज भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्