नेपालमा थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो



३२ जेठ २०७७, काठमाडौं

बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेकाे छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।

यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्