
२८ जेठ काठमाडौं, २०७७
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले आफ्नो कार्यकाल पुरा नहुँदै पदबाट राजीनामा दिएका छन् ।
कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी दिए । अघिल्लोपटक चार वर्षको कार्यकाल समालेका उनले यस पटक कार्यकाल पुरा हुनुभन्दा केहि महिना पहिला आफ्नो पदबाट स्वेच्छाले राजीनामा दिएको बताए ।
२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए । तर अहिले आफ्नो कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिए ।
कार्यकारी निर्देशक कार्कीले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख छ ।






