
२६ जेठ २०७७, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा र १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेलको अध्यक्षतामा कामपा १५ वडामा लकडाउन बाट लुजडाउन हुने अवस्थामा कोभिड १९ को संम्भाबित संक्रमणलाई ध्यानमा राखी रोगबाट सुरक्षित राख्न सुरक्षा सम्बन्धि विभिन्न निकायकाहरुसंग बैठक भएको छ ।
प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले कोभिड १९ बाट बचाउन र नियन्त्रण गर्न कामपा १५ वडाले विभिन्न कार्यक्रम गरी उदाहरणीय कार्यहरु गरेकोमा लाग्ने सम्पुर्ण सहयोगी, दाता, वडा सदस्यहरु, वडा अध्यक्षलाई धन्यवाद ज्ञापन गरे। लुजडाउन बाट उत्पन्न हुन सक्ने कोरोना भाइरसको सम्भावित संक्रमणको अवस्था बाट जनतालाई सुरक्षीत राख्न र सम्भावित सामाजिक समस्या लाई समेत ध्यान दिई वडालाई सुरक्षित राख्न सुरक्षा निकाय र वडा थप सक्रिय भएर लाग्न आबस्यक भएको बारे ध्यानाकर्षण गरेका छन् ।
कामपा -१५ अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगाेलले कोभिड १९ को संक्रमणबाट बचाउन वडाले गरेका कामहरूको चर्चा गर्दै क्वारेन्टाइन ब्यवस्थापनमा केन्द्रिय सरकारबाट सहयोग नभए सम्म चुनौती पुर्ण रहेको हुदा र क्वारेन्टाइन व्यवस्थापन गर्न आवश्यक पर्ने कार्यमा सहजीकरण गर्न महानगर पालिकाबाट सरकारसंग अनुरोध गरेको बटाउनु भयो। हाल चोरीको घटना बढ्न थालेको र यस्तो घट्ना बढ्ने सम्भावना देखिन्छ यस्को नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्न पर्ने र सुरक्षा निकाय सतर्क भइ लाग्नु पर्ने बताए ।
उक्त बैठकमा वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, अनिता परियार, नेपाली सेना रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति कर्णेल राजेश शाही,नेपाल प्रहरी महानगरीय प्रहरी बृत्त, स्वयम्भुका नायब उपरीक्षक निरञ्जन दत्त भट्ट र सशस्त्र प्रहरी बलका नायब उपरीक्षक सुमनजङ्ग थापा उपस्थिति रहेको थियो र बैठक संचालन समुदाय प्रहरी साझेदारी कामपा १५ वडा सदस्य राजा शाक्यले गरेका थिए ।





