काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि



२४ जेठ २०७७, काठमाडौं

काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्