
२४ जेठ २०७७, काठमाडौं । नेपाल जेसीजद्वारा १२ दिने अनलाइन योगा कार्यक्रमको शुरुवात भएको छ । जेसीजका चार क्षेत्र मध्ये क्षेत्र क, ख, ग र घ का ४/४वटा शाखा गरि १६ वटा शाखाको संयुक्त आयोजनामा जेठ २४ देखि असार ०३ गते सम्म बाह्र दिने अनलाइन योगा कक्षा शुरु गरिएको हो ।

योगगुरु एवं कपन जेसीजका पुर्वअध्यक्ष दुर्गादेव सुबेदीको प्रशीक्षणमा हरेक दिन बिहान ६ देखि ७ः३० बजे सम्म हुने योगा कार्यक्रम निःशुल्क रुपमा सबैले सहभागी हुन सक्ने गरी खुला आयोजना गरिएको हो ।नेपाल जेसीजका १६ वटा साखाहरु क्रमशः बाहुण्डाँगी जेसीज, दमक जेसीज, दुहबी जेसीज, जनकपुर जेसीज, हेटौँडा लेडी जेसीज, नारायणगढ जेसीज, पोखरा लेडी जेसीज, व्यास्नगर जेसीज, कपन जेसीज, काठमाडौँ जेसीज, पाटन लेडी जेसीज, रामेछाप जेसीज, बुटवल लेडी जेसीज, सिद्धार्थ लेडी जेसीज, लमही जेसीज र कर्णाली जेसीज को संयुक्त आयोजनामा आज पहिलो दिनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
पहिलो दिनको संचालन कपन जेसीजका अध्यक्ष जेसी रुपेश भट्टराईले गरेका थिए भने प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सीनेटर अशोक शंकर रहेका थिए । साथै योगासत्रमा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरु, पुर्व पदाधिकारीहरु, विभिन्न शाखा बाट अध्यक्षहरु तथा शाखा पदाधिकारीहरु सहित ११३ जनाले प्रत्यक्ष लाभ लिएका थिए ।
अहिलेको लकडाउन अवस्थामा देशैभरी मनिसहरु निस्क्रिय हुनुपरेका कारण सबैको शरीरिक तथा मानसिक स्वस्थ कायम राख्ने उद्देश्यले अनलाइन योगा कार्यक्रम ल्याईएको कपन जेसीजका अध्यक्ष जेसी रुपेश भट्टराईले बागमति आवाजलाई बताए । त्यसैगरी आगामी दिनमा सबैलाई योगमा जोडिएर सँगै योग गर्न आव्हान समेत गरेका छन् ।





