नवराज बि.क. हात्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै काठमाडौंमा चर्कियो आन्दोलन



१८ जेठ २०७७, काठमाडौं

पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बि.क. हात्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै काठमाडौंमा आन्दोलन चर्किएको छ ।

एकीकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज, सोलुखुम्बु बिश्वकर्मा सेवा समाज, गहतराज संजाल, बिश्वकर्मा महासंघ तदर्थ समिति लगायको सहभागीतामा भएको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका केन्द्रिय उपाध्यक्ष युवलाल बिश्वकर्माले जानकारी दिए । काठमाडौंको माइतीघर मण्डलाबाट जिल्ला प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन तयारी गरेको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद बिश्वकर्माले जनाए ।

पश्चिमरुकुम नरसंहार घटनाको समावेसी संसदीय छानबिन समिति गठनगर, दातिय दमन बन्द गर, राजनैतिक हस्तक्षेप बन्दगर, सम्पूर्ण उत्पिडित समूदाय एक हौं पीडितलाई न्याय र पीडकलाई हदैसम्मको सजाय गर लगायतका माग भएको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका उपाध्यक्ष तथा गहतराज महासंघका केन्द्रिय महासचिव सङ्गम गहतराजले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्