रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या ६ हजार नाघ्यो



१७ जेठ २०७७, रौतहट

रौतहटको विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेहरुको संख्या ६ हजार नाघेको छ ।

भारतको विभिन्न सहरहरुबाट आउनेको संख्या बढेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि वृद्धि भएको हो । शनिवार अपरान्हसम्म क्वारेन्टाइनमा बस्नेको संख्यामा ९३ महिला सहित ६ हजार आठसय ४१ पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

रौतहटको विभिन्न क्वारेनटाइनमा बस्ने संकास्पद संक्रमितमध्ये कुल दुईहजार ९४ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा १८९ जना पोजिटिभ र आठसय ८० जनाको नेगेटिभ रिपोर्ट आएको उनले बताए । अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका नायव सुबा रामनरेश साहले बताए ।

कोरोना भाइरसको उच्च संक्रमण देखिएकाले भारतबाट आउनेहरुलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्न जिल्लाको विभिन्न स्थानमा ६ हजार पाँचसय ८३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्