रोटरी क्लब अफ पशुपतिद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण



१७ जेठ २०७७, काठमाडौं

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस रोकथामको लागि रोटरी क्लब अफ पशुपतिले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । आफ्नो ज्यान नै जोखिममा राखेर जनताको सेवामा जुटिरहेका प्रहरीलाई क्लब अफ पशुपतिले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

रोटरी क्लब अफ पशुपतीका अध्यक्ष हर्क साउद लगायतले क्लवबाट प्राप्त १५ सय थान एन ९५ मास्क र २७.५ लिटर स्यानिटाइजर महाशाखाका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । महाशाखाका प्रहरी प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए ।

यस विषम परिस्थितिमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्न महत्वपूर्ण भूमिका खेल्नुका साथै थप हौसला मिल्ने ढकालले बताए । उनले उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोगप्रति अनुग्रहित रहेको बताए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष साउदले माहामारीको समयमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने विश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्