स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि, एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था



१५ जेष्ठ २०७७, काठमाडौं

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा भारी वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्व ६९ करोडको बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले यसअघि स्वास्थ्यका लागि ५३ अर्व ८० करोडको बजेट सिलिङ तोकेको थियो । कोरोना महामारीबाट मुलुक गुज्रिँदै जाँदा बजेट भारी मात्रामा बढाएको हो ।

एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था गरी सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताए ।

२ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए । मन्त्री खतिवडाले जिल्ला र साविकका अञ्चल अस्पतालको स्तरोन्नतिका लागि पनि बजेट छुट्याइएको बताए ।

उनले आगामी ३ वर्षमा सबै नागरिकको बीमा गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्