कोरोनाबाट पाँचौं व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय



१५ जेष्ठ २०७७, काठमाडौं

नेपालमा कोरोनाबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ ।

बिहीबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार ललितपुर बुङ्मतिका ५६ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको हो ।

उनी गत ११ बैशाखमा अस्पताल भर्ना भएका थिए । उनको कलेजोको समस्या रहेको पनि प्रवक्ता देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्ंया ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्