१५ जेष्ठ २०७७, काठमाडौं
नेपालमा थप १५६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार संक्रमितहरु सप्तरी, झापा, धनुषा, महोत्तरी, बैतडी, सर्लाही, सिराहा, दोलखा, सोलुखुम्बु, बझाङ, सुर्खेत, स्याङ्जा, दार्चुला, हेटौंडा, बर्दिया, नेपालगञ्ज, रौतहट र दैलेख जिल्लाका रहेका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा पुरुष ९४० जना छन् भने १०२ जना महिला रहेका छन् ।