एक हजार नाघे कोरोना संक्रमित, थप १ सय ५६ जनामा संक्रमण पुष्टि



१५ जेठ २०७७, काठमाडौं

नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा  कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्