रौतहटमा थपिए २२ संक्रमित, संक्रमितले ७०० कटे



१३ जेष्ठ २०७७, काठमाडौं

रौतहटमा थप २२ जना कोरोना संक्रमित थपिएका छन् ।

२२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए । उनीहरू सबै भारतबाट आएका बताइएको छ । संक्रमितहरूलाई कुन अस्पताल लैजानेबारे छलफल चलिरहेको घिमिरले बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ । जसमा १५५ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ४ जनाले ज्यान गुमाइसकेका छन् । आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्