नेपालमा कोरोना संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु, मृतक ४ पुगे



१२ जेष्ठ २०७७, काठमाडौं

नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सोमबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार वीरगञ्जमा उपचाररत एक ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

उनी गत २ जेष्ठमा स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्