थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५०७ पुगे : स्वास्थ्य मन्त्रालय



०९ जेष्ठ २०७७, काठमाडौं

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार संक्रमितहरु डडेलधुरा, बाँके, बैतडी र कैलालीका रहेका छन् ।

उनीहरु १८ देखि ६१ वर्षसम्मका पुरुषहरु रहेका पनि प्रवक्ता डा. देवकोटाले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । जसमा ४३३ जना पुरुषहरु रहेका छन् भने ७४ जना महिला रहेका छन् ।

यसैगरी आजै नै २१ जना डिस्चार्ज भएको छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ । हाल नेपालको ४० जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

जसमा ३ जनाले कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्