३१ घण्टापछि उठ्यो शव



०९ जेष्ठ २०७७, काठमाडौं

उपचारका क्रममा मृत्यु भएको गुल्मी मदानेका कोरोना संक्रमितको शव ३१ घण्टापछि नेपाली सेनाले उठाएको छ ।

त्यहाँस्थित क्रिमसन अस्पतालमा गत बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शव शुक्रबार (आज) दिउँसो सेनाले उठाएको हो ।

अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले मृतकको शब निकालेर र्‍यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो ।

गत ८ जेष्ठ साँझ मृतकको पुनः पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन ।

उनको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जनामध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

यसअघि छाया पोलिक्लिनिकका डाक्टरसहित १० जनाको रिपार्ट पनि नेगेटिभ नै आएको थियो । क्रिमसनका १० जनाको रिपोर्ट भने आउन बाँकी छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्