
०८ जेष्ठ २०७७, काठमाडौं
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार (आज) दिएका जानकारीअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
योसँगै कूल संक्रमितको संख्या ४५३ पुगेको छ । जसमा ४९ जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाले ज्यान गइसकेका छन् ।





