पीसीआर जाँचको लागि १५,००० शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय



०७ जेष्ठ २०७७, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर जाँचको लागि १५,००० शुल्क लाग्ने भनिएको अफवाहप्रति ध्यानाकर्षण भएको जनाउँदै शुल्क नतोकिएको जनाएको छ ।

बुधबार (आज) विज्ञप्ति निकाल्दै मन्त्रालयले विभिन्न सञ्चारमाध्यमहरुमा छापिएका समाचार तथा त्यसैको लहैलहैमा लागेर सामाजिक सञ्जालमा नानाभाँती तरिकाले गरिएको टिप्पणीप्रति खेद व्यक्त गर्दै पीसीआर सशुल्क जाँच गर्न सकिने तर त्यसको लागि केही निर्णयहरु गर्न बाँकी नै रहेको जनाएको छ ।

विदेशी कूटनीतिहरु तथा केही स्वदेशी नागरिकसहितको आग्रहमा परीक्षण दायरा व्यापक बनाउन यस्ता निर्णय गर्नुपरेको प्रष्ट्याउँदै मन्त्रालयले भनेको छ, “यसप्रकारको परीक्षणको लागि मन्त्रालयले दररेट तोकिदिने भएपनि हालसम्म कुनै दररेट तोकिनसकिएको व्यहोरा जानकारी गराइन्छ ।”

यस्तै मन्त्रालयले सञ्चारमाध्यमहरुलाई समाचार संकलनमा विशेष श्रोतको प्रयोग गर्न पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्