८ संक्रमित निको भएर घर फर्के : स्वास्थ्य मन्त्रालय



०७ जेष्ठ २०७७, काठमाडौं

नेपालमा कोरोना संक्रमणलाई जितेर निको हुनेको सख्ंया ४५ पुगेको छ ।

बुधबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार उदयुपरबाट थप ८ जना निको भएर घर फर्केका हुन् ।

योसँगै कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ३४ पुगेको छ । नेपालमा हाल कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

जसमा २ जनाको ज्यान गइसकेको छ । हाल नेपालका ३८ जिल्लामा कोरोना संक्रमण देखिएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्