३ वर्षीय बालकसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४२७ पुगे : स्वास्थ्य मन्त्रालय



०७ जेष्ठ २०७७, काठमाडौं

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार संक्रमित हुनेहरुमा ३ देखि ४८ वर्षसम्मका ७ महिला र १८ पुरुषहरु रहेका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । जसमा ४५ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने दुईजनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्