दिउँसो २:१५ बजे नयाँ नक्सा सार्वजनिक हुँदै



०७ जेष्ठ २०७७, काठमाडौं

अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा बुधबार (आज) दिउँसो २:१५ बजे सार्वजनिक हुँदैछ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको नयाँ नक्सा दिउँसो नेपाल टेलिभिजनको प्रत्यक्ष पशारणमार्फत् सार्वजनिक हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालकी सचिवालयले जानकारी दिएको छ ।

नक्सा मंगलबार (हिजो) नै मुख्य सचिव लोकदर्शन रेग्मीबाट प्रमाणीकरण भइसकेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्