पैसा तिर्नुस्, पीसीआर जाँच गराउनुस् !



०६ जेष्ठ २०७७, काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ (कोरोना भाइरस)को लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने बताएको छ ।

मंगलबार (आज) मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन (कोरोना ब्रिफिङ्ग)मार्फत् दिएको जानकारीअनुसार स्वेच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको छ ।

सरकारले प्रदेश नं. २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तीमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय भएको पनि जानकारी दिए ।

नेपालमा आजसम्म ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको भने दुईजनाले ज्यान गुमाइसकेका छन् । यस्तै ३७ जनाले पूर्ण रुपमा स्वास्थ्य लाभ लिइसकेका छन् ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्