स्वास्थ्य मन्त्रालयअन्तर्गतका डाक्टरमा कोभिड १९ संक्रमण



०६ जेष्ठ २०७७, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलो पटक कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक मन्त्रालयअन्तर्गतका डाक्टरमा कोरोनाको संक्रमण देखिएको हो ।

सोमबार (हिजो) नमूना परीक्षणका क्रममा उनको परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बताइएको छ । ललितपुर बस्दै आएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन् ।

उनी कुनै पनि अस्पतालमा कार्यरत छैनन् । यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन ।

मन्त्रालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी शुरु गरेको बताइएको छ ।

|सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्