प्रदेश नं. १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण, ५४ जनालाई कोरोना पुष्टि



०६ जेठ २०७७, विराटनगर

प्रदेश नं. १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ ।

परिक्षण भएकामध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ ।

प्रदेश १मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले परिवर्तन खबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्