कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहित परिवारका सबै सदस्यको रिपोर्ट ‘नेगेटिभ’



dhulikhel Hospital

०५ जेष्ठ २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु र परिवारका अन्य सदस्यहरूको संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए ।

२९ वर्षीया महिलाको कोरोना संक्रमणका कारणले मृत्यु भएपछि नवजात शिशुसहित परिवारका अन्य चारजनाको नमूना संकलन गरिएको थियो ।

प्रवक्ता ताम्राकारका अनुसार रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । महिलाको मृत्यु भएपछि उनीहरू सबैलाई त्यही अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।

गत १ जेष्ठमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनको मृत्युको कारण कोरोना संक्रमण नै थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्