कालिमाटी तरकारी बजारमा गरिएका सबै कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’



०५ जेष्ठ २०७७, काठमाडौं

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलका अनुसार परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको हो । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरीया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गरेको थियो ।

आइतबार साँझ पीसीआर टेस्टको सबै नतिजा नेगेटिभ आएको हो । परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्