०५ जेष्ठ २०७७, काठमाडौं
विराटनगर महानगरपालिकाको दुईवटा वडा सील गरिएको छ । कोरोना संक्रमित भेटिएपछि विराटनगर वडा नं. ६ र १५ मा हिँड्डुलमा प्रतिबन्ध लगाइएको नगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।
आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् ।
महिला पाँच दिनअघि भारतबाट आएकी हुन् । संक्रमणको जोखिम बढेपछि अर्काे सूचना जारी नभएसम्म अतिआवश्यक बाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले दिए ।
सोमबारबाट स्थानीय प्रशासनले सम्भावित संक्रमितको खोजी समते शुरु गरेको छ ।
|फाइल तस्वीर|





