थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९५ पुगे : स्वास्थ्य मन्त्रालय



०४ जेष्ठ २०७७, काठमाडौं

प्रदेश नं. १ मा आइतबार (आज) तीन जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

उनका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको छ । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

योसँगै प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत् भर्खरै जानकारी दिएको छ ।  तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्