बन्दाबन्दीलाई कायमै राख्ने उच्चस्तरीय समितिको निर्णय



०४ जेष्ठ २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दी (लकडाउन्) कायमै राख्ने निर्णय गरेको छ ।

आइतबार (आज) सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको बन्दाबन्दी प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको समितिका प्रवक्ता नारायण बिडारीले बताए ।

आजै केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ । सरकारले पछिल्लो पटक लागू गरेको बन्दाबन्दी भोलि (सोमबार) सकिँदैछ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्