कोभिड १९ का कारण नेपालमा दोश्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय



०४ जेष्ठ २०७७, काठमाडौं

नेपालमा कोभिड १९ (कोरोना भाइरस)का कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार (आज) मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार बाँकेको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो ।

उनको मृत्युभन्दा अगाडि कोरोनाको रिपोर्ट नआएपनि पछि आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ  देखिएको प्रवक्ता देवकोटाले बताए ।

उनी गत ३० वैशाखमा भारतबाट आएका पनि उनले बताए । योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

यसअगाडि हिजो पनि सिन्धुपाल्चोककी एक महिलको कोरोनाकै कारण ज्यान गएको मन्त्रालयले नै जानकारी दिएको थियो । हालसम्म नेपालमा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३६ जनाले पूर्ण रुपमा स्वास्थ्य लाभ लिएका छन् ।

जसमा दुईजनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्