स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने यूट्युबर पक्राउ



०४ जेष्ठ २०७७, काठमाडौं

काठमाडौंको नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने यूट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

“हामीले दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका हौं ।” एसपी ज्ञवालीले भने, ‘आवश्यक कारबाही हुन्छ ।’

|सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्