
०४ जेष्ठ २०७७, काठमाडौं
नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि (सोमबार) चीन जाने भएको छ ।
पहिलो लटको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि सोमबार साँझ वाइडबडी जान लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार पीसीआर परीक्षणका लागि चाहिने किट, पीपीई, एन९५ मास्क, ग्लोब्स लगायतका सामाग्री यो लटमा आउने छ ।
ओम्नीसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो । चीनको ग्वान्झाओबाट २२, २४ र २५ वैशाखमा काठमाडौंका लागि हिँडेको सेनाको कन्टेनरले शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ ।
तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न १० वटा ट्यांकरलाई १३ दिन लागेको थियो ।
|सांतेकित तस्वीर|





