
०४ जेष्ठ २०७७, काठमाडौं
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएपछि अनुसन्धानका लागि चिकित्सकको टोली त्यसतर्फ जाने भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न विज्ञ चिकित्सकसहितको टोली पठाउन लागिएको हो ।
टोलीले मृतक महिलाको घर, माईती गाउँ र आसपास क्षेत्रमा उनको सम्पर्कमा आएका व्यक्तिहरूका बारेमा अध्ययन गरेर रिपोर्ट तयार गर्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
बाह्रबिसे नगरपालिकाका मेयर निमपुञ्जो शेर्पाले मन्त्रालय र बागमती प्रदेश सरकारबाट अध्ययन अनुसन्धानको लागि स्वास्थ्यकर्मीहरूको टोली आउन लागेको जानकारी दिए ।
सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
|सांकेतिक तस्वीर|





