०४ जेष्ठ २०७७, काठमाडौं
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको एक क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आइतबार (आज) बिहान मृत्यु भएको छ ।
बिहान स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरवहादुर ओलीले बताए ।
उनको मृत्युको कारण भने खुलेकै छैन । भारतको मुम्बईबाट आएका उनलाई ३० वैशाखमा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । शनिबार (हिजो) साँझ नै उनको स्वाबको नमूना संकलन गरिएको भएपनि रिपोर्ट भने आइसकेको छैन ।
एसपी ओलीले रिपोर्ट नआइकन उनको मृत्युको कारण भन्न सकिने अवस्था नभएको बताए । त्यहाँ अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् ।
ती युवकलाई राति देखि नै समस्या देखिन थालेको थियो । एकैदिन आठ संक्रमित भेटिएको नरैनापुरमा संक्रमितको सम्पर्कमा आएका २६३ जनाको हिजो स्वाब संकलन गरिएको थियो ।
|सांकेतिक तस्वीर|





