रौतहटका संक्रमितहरु मुम्बईबाट केही दिनअघि नेपाल आएका थिए



०४ जेष्ठ २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएका रौतहटका थप १० जना संक्रमितहरु भारतको मुम्बईबाट केही दिनअघि नेपाल आएको खुलेको छ ।

सुरक्षा समिति रौतहटका एक अधिकारीका अनुसार १० जना नै वैशाख ३१ गते रौतहट पसेपछि उनीहरुलाई राजपुर, फरहदवा र इशनापुर नगरपालिकाको छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो ।

जेठ २ गते पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी सुरक्षाकर्मीको गाडीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा आइतवार उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

१० जनामध्ये भारतीय सीमावर्ती स्थानीय तह राजपुर फरहदवा वडा नं ९ का १८, ३२, ३६, ३९, ३९, ४२ गरी ७ जना र इशनाथपुर नगरपालिका वडा नं ३ र ५ निवासी वर्ष २८, ३० र ३० का रहेका छन् ।

दश जना पुरुष नै रहेका छन् । यसअघि रौतहटको इशनाथपुर नगरपालिका वडा नं ८ का १९ वर्षिय, वृन्दावन नपा वडा नं ८ का २३ वर्षिय र देवाही गोनाही नगरपालिका वडा नं १ करुनियाका ३५ वर्षिय युवक गरी तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरुको हाल नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ। जसमध्ये ईशनाथपुर नगरपालिकाका १९ वर्षिय युवक दुईपटक रिपोर्ट नेगेटिभ आएर तेस्रो परीक्षणमा पोजिटिभ आएर पुनः अस्पतालमा भर्ना भएका छन् ।

यससँगै रौतहटमा संक्रमितको संख्या अब १३ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्