थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो



०३ जेष्ठ २०७७, काठमाडौं

नेपालमा थप २ दुई जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

शनिबार (आज) साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० वर्षीय र ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितद्वयको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्