सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाकै कारण मृत्यु भएको हो : स्वास्थ्य मन्त्रालय



०३ जेष्ठ २०७७, काठमाडौं

नेपालमा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोभिड १९ (कोरोना भायरस)कै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार (आज) साँझ मन्त्रालयले दिएको जानकारीअनुसार महिलाको कोरोनाकै कारणले मृत्यु भएको हो । ती महिलाको धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनी २४ गते उनको नर्मल डेलिभरी भएको थियो । २५ गते डिस्चार्ज भएर घर पठाइएको थियो ।

घरमा पुगेपछि ज्वरो आउने समस्या भएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो भने त्यहाँबाट धुलिखेल अस्पताल ल्याइएको थियो ।

धुलिखेलमा उनको कोरोना चेक गर्दा पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्