एक व्यक्तिमा कोरोना संक्रमण भएको आशंकामा बर्दियाको लालपुर बन्द



०३ जेष्ठ २०७७, काठमाडौं

बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका११, लालपुरका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आजदेखि उक्त टोल पूर्णरूपले बन्द गरिएको छ ।

उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्णरूपले रोक लगाइएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा बर्दिया नार्खु ११ का २८ वर्षीया महिलामा कोभिड १९ पुष्टि भएको जनाइएको थियो ।

बर्दियामा उक्त ठाउँ नै नभएको अवस्थामा संक्रमित भनिएका व्यक्तिको खोजी गर्दा गुलरिया ११, लालपुरको भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए ।

लालपुर स्थायी घर भई काठमाडौंँमा व्यवसाय गर्दै आएका व्यक्ति गत २९ वैशाखमा काठमाडौँ फर्किएको बुझिएकाले लालपुर पूर्णरूपले बन्द गरिएको हो । लालपुर सदरमुकाम गुलरियाबाट ६ किलोमिटर पूर्व हुलाकी राजमार्गसंँग जोडिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित लालपुरका हुन सक्ने आशंकामा बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्