धुलिखेल अस्पतालमा महिलाको कोरोनाकै कारण मृत्यु भएको भनी पुष्टि भइसकेको छैन : स्वास्थ्य मन्त्रालय



०३ जेष्ठ २०७७, काठमाडौं

धुलिखेल अस्पतालमा कोभिड १९ (कोरोना भाइरस) का कारण मृत्यु भएको भनिएकी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको भनेर पुष्टि भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार (आज) नियमित पत्रकार सम्मलेन (कोरोना ब्रिफिङ्ग)मार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको कोरोनाकै कारण मृत्यु भएको भनी पुष्टि भइनसकेको जानकारी दिए ।

यस्तै उनले सम्बन्धीत विषयबारे पुष्ट जानकारी आएपछि मन्त्रालयद्वारा आधिकारिक सूचना दिने पनि बताए ।

यसअघि विभिन्न सञ्चारमाध्यमहरुमा महिलाको कोरोनाकै कारण मृत्यु भएको भनी समाचार सम्प्रेषण भएका थिए ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता डा. देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्