०३ जेष्ठ २०७७, काठमाडौं
थप दुई जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या तथा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार आज पछिल्लो समय दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।





