चीनले पठाएको राहत सामाग्री कोरला नाकामै अलपत्र



०३ जेष्ठ २०७, काठमाडौं

चीनले पठाएको राहत सामग्री कोरला नाकामा नै अडिकएको छ ।

उपल्लो मुस्ताङका दुई गाउँपालिकाका जनताले चीनले पठाएको राहत लिन अस्वीकार गरेपछि सो राहत सामग्री पाँच दिनदेखि कोरला नाकामा रहेको स्थानीयले जानकारी दिएका छन् ।

उनीहरुले चीनबाट प्राप्त राहत सीमामा रहेका चिनियाँ अधिकारीहरुलाई फिर्ता लैजान आग्रहसमेत गरेका छन् । कोरला नाका रहेको लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष ह्वाङ्ग कुंगा लामा र पासाङ गुरुङमार्फत चीन सरकारका प्रतिनिधिहरुले राहत पठाएको थियो ।

यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले उपल्लो मुस्ताङका दुईवटै गाउँपालिकाका अध्यक्ष सदरमुकाम जोमसोम भएको बेलामा चीनबाट राहत सामग्री आएकाले जिम्मा लिने व्यक्ति नहुँदा नाकामा नै राख्नु परेको जानकारी दिए ।

|फाइल/सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्